वुवा केयर प्रा. ली. ले नबिल बैङ्क लिमिटेडका कर्मचारीहरूलाई लक्षित गरेर भाद्र १२ र १३ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
नेपाल प्याथ ल्याबको प्राविधिक सहयोगमा आयोजना हुने सो निःशुल्क स्वास्थ्य शिविरमा बैङ्कका सम्पूर्ण कर्मचारीहरूको वुवा केयरका अध्यक्ष डा. अनाम प्याकुरको नेतृत्वमा तथा प्रबन्ध निर्देशक डा. रोशन खतिवडा रहेको विशेषज्ञ डाक्टरहरू सहितको समूहले स्वास्थ्य परीक्षण गरी सोही अनुसारको परामर्श समेत प्रदान गर्ने छ साथै हाल देखिएको कन्जक्टिभाइटिस रोगले पार्न सक्ने प्रभावसमेतलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरूको आँखा समेत निःशुल्क रूपमा परीक्षण गर्ने भएको छ ।
वुवा केयर प्रा.लि स्थापनाको छोटो समयमै विभिन्न क्षेत्र तथा ठाँउहरुमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रूपमा स्वास्थ्य शिविरहरूको आयोजना गर्दै आइरहेको छ ।
वुवा केयरले विशेष गरी वुवा तथा आमाहरू लगायत आफ्ना सदस्यहरूका विशेषज्ञ स्वास्थ्य जाँच, गुणस्तरीय प्याथलोजिकल चेक जाँच, मनोरञ्जन तथा गुणस्तरीय जीवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
वुवा केयर द्वारा नबिल बैङ्कमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
