मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २८६.१८ प्रतिशतले ऋणात्मक रहेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्त ३ करोड ४७ लाख रुपैयाँ घाटामा गएको देखिन्छ ।
१० करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ८७ करोड ४१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ४७ करोड ४६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ करोड २० लाख रुपैयाँ रहेको छ ।
मानुषी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५.८७ प्रतिशतले घटेर ६ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ७.९६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नोक्सानी २३ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १६ पैसा छ ।
मानुषी लघुवित्तको नोक्सानी ३ करोड ४७ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
