प्रकाशित मिति २०७९ / ११ / १२
एनएमबि लघुवित्त वित्तीय संस्था लि. एनएमबि बैंक लि. को सहायक कम्पनीको रुपमा दर्ता कायम भएको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनी हो । यस वित्तीय संस्थालाई तपसिलमा उल्लेखित पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्प्रधाबाट पदपुर्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन आह्वान गरिन्छ । यस वित्तीय संस्थाको वेभसाइट www.nmbmicrofinance.com मा गई अनलाइन फारममा भएका विवरणहरु भरी आवेदन पठाउन सकिने छ । प्राप्तहुन आएका आवेदनहरु मध्ये रितपुगेका योग्य आवेदकहरुको छोटो सूची ( Short List) तयार गरी टेलिफोन, बेभसाइट र इमेलबाट समेत जानकारी दिन सकिने छ ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
पुनश्च : सृजनात्मक, मिलनसार, नेतृत्व क्षमता भएको र माथिल्लो योग्यता भएको उम्मेद्वार छनौटमा प्राथमिकता दिइने छ ।
१. अधिकृत श्रेणिको आवेदकहरुको उमेरको हद २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको आवेदकहरुको उमेरको हद १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । (महिला आवेदकहरुको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ ।
२. नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरु भए समकक्षता निर्धारणको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
३. कर्मचारी छनौट सम्बन्धी सम्पुर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।
परीक्षा सञ्चालन हुने मिति : २०७९।१२।०४
तलव तथा अन्य सुविधा: वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
परीक्षाको किसिम : विज्ञापन नं. १०/२०७९ / ०८०, ११/२०७९/०८० र १२/ २०७९ /०८० का पदहरुको प्रयोगात्मक र अन्तरवार्ता हुनेछ र विज्ञापन नं. १३/२०७९/०८० को पदको लागि लिखीत · प्रयोगात्मक र अन्तरवार्ता हुनेछ ।
परिक्षा केन्द्र: पोखरा, कास्की
Click here to apply.
Click here to join viber community for all Vacancy Updates.