‘कर्णाली उत्सव’ फागुन १९ देखि

ज्ञानमाण्डू।कर्णाली चिन्ने र चिनाउने उद्देश्यले यही फागुन १९ गतेदेखि कर्णाली उत्सव आयोजना हुने भएको छ । आयोजक संस्था ऋति फाउन्डेसनले फागुन १९ देखि २१ गतेसम्म वीरेन्द्रनगरको बुलबुले उद्यानमा उत्सव सञ्चालन गर्ने जनाएको छ । 

उत्सवमा तीन वटा मूल शीर्षक समेटिनेछन् । पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याऊ’ र तेस्रो दिन ‘मान्ठ जुरमुराउँछन्’ मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ । ‘मुख्य मान्ठ(मान्छे), मूल कुँडा (कुरा)’ अन्तर्गत प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबिच अन्तर प्रदेश सम्बन्धका बारेमा बहस हुनेछ । 

फाउन्डेसनका संस्थापक सदस्य दिनेश गौतमले उत्सवमा विभिन्न विधालाई समेटेर ‘कुँडा कर्णाली’का नामक कार्यक्रम सञ्चालन गरिने बताए । “सङ्घ, प्रदेश र स्थानीय तहबिचको अन्तर सम्बन्ध मजबुत पार्दै सबै तहका सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो”, गौतमले भने, “कर्णाली बुझ्ने र बुझ्न चाहनेका लागि उत्सव सन्दर्भ सामग्रीजस्तै हुनेछ ।” उत्सवले प्रदेशको सामाजिक, राजनीतिक, आर्थिक विकास तथा कला साहित्य, भाषा–संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । 

आयोजकका अनुसार साइकल र्‍याली र देउडा खेलबाट कार्यक्रम उद्घाटन हुनेछ । पहिलो सत्र ‘कर्णालीका बेला’ शीर्षकमा ‘सरकारका तीन तह बगाउन्या कर्णालीका वह’ र ‘खसका खासखुस’ विषयमा विमर्श चलाइनेछ । दोस्रो दिन ‘कर्णाली कोट्याऊ’ अन्तर्गत ‘कालापहाडका तोडा’ (धनको थैलो), ‘कर्णाली क्यानाम घुमेर हेर्दा’, ‘कर्णालीका कला’, ‘संस्कार र समानता’, ‘दबाई देवता’, ‘भोक र भकारीमा’ शीर्षकमा बहस हुनेछ । उत्सवको तेस्रो दिन ‘मान्ठा जुरमुराउँछन्’ अन्तर्गत ‘कसरी बन्छ कर्णाली ?’, ‘साहित्यमा कर्णालीको कथा’, ‘कर्णालीको ११औँ जिल्ला (राउटे)’, ‘खस विद्रोह र जागरण’, ‘इतिहास प्रदेश प्राप्ति र विकास’ जस्ता शीर्षकमा बहस हुनेछ । उत्सवमा कर्णाली प्रदेशभित्र र बाहिर विभिन्न क्षेत्रमा बहस गरिनेछ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x