एन आई सी एशिया बैङ्कको नयाँ शाखारहित बैङ्किङ सेवा प्युठानको लामाचौरमा

ज्ञानमाण्डू।एन आई सी एसिया बैङ्कले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैङ्किङ सेवा प्रदान गर्ने क्रममा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९,लामाचौरमा आफ्नो ५५ औँ शाखारहित बैङ्किङ सेवा फागुन १८ गतेबाट सञ्चालनमा ल्याएको छ । बैङ्किङ सेवाको समुद्घाटन सोही वडाका अध्यक्ष श्री नर बहादुर बुढामगरले गरे । उक्त शाखारहित बैङ्किङ सेवाको प्रतिनिधिको रूपमा बैङ्कले श्री गोपाल कृष्ण बुढामगरज्यूलाई नियुक्ति गरेको छ ।

ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैङ्किङ सेवा लिन सक्ने छन् । साथै सो सेवाबाट बैङ्किङ कारोबारको लागि लामो दुरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरूमा बैङ्किङ कारोबार गर्न सहज हुने विश्वास बैङ्कले लिएको छ । यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैङ्क स्टेटमेन्ट प्राप्त गर्न सक्ने छन् ।

बैङ्कलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्क प्रतिको भरोसाले गर्दा यस बैङ्कको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५१ एटिएम, १०७ वटा एक्सटेन्सन काउन्टर एवं ५५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैङ्किङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैङ्क हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैङ्कका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साह प्रद रहेका छन् । उत्तरदायी बैङ्किङको अभ्यास गर्दै आएको यस बैङ्कले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैङ्क तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरू तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x