गरिमा विकास बैंकको नाफा ६७ करोड माथि, हेर्नुहोस् लाभांश दिन सक्ने क्षमता कति ?



ज्ञानमाण्डू। गरिमा विकास बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरूमा सुधार देखिएको छ।

गरिमा विकास बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ३६ दशमलव ६३ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई गत आ.व. सोहि अवधिको तुलनामा रू. १८ करोड १८ लाख अधिक खुद मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधि(चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्त)सम्ममा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड २ लाख रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँ रहेको थियो। गत वर्षको सोही अवधीको तुलनामा बैंकको वितरणयोग्य मुनाफा ५३३ दशमलव ५४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । गत चालू आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा १ अर्ब २३ करोड रुपैयाँमा सीमित गरिमा विकास बैंक लिमिटेडको खूद ब्याज आम्दानी बढेर चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आई पुग्दा १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा ९ दशमलव ६४ प्रतिशतको बढोत्तरी गर्न सफल भएको देखिन्छ ।

गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा ३ अर्व २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गरिमा विकास बैंकले बैंकको चुक्ता पूँजी चालू आ.व. चैत मसान्तसम्ममा ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधीको तुलनामा बैंकको चुक्ता पूँजी १३ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिसम्ममा बैंकको जगेडा कोष ४५ दशमलव ९२ प्रतिशतले वृद्धि भई ९३ करोड २ लाख रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा बैंकको जगेडा कोषमा ६३ करोड ७५ लाख रुपैयाँ रहेको थियो। साथै , बैंकको संचित मुनाफा ६ दशमलव ३९ प्रतिशतले वृद्धि ५० करोड ३ लाख रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा बैंकको संचित मुनाफा ४७ करोड ३ लाख रुपैयाँ रहेको थियो।

बैंकको चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. १५ अर्ब ४३ करोडले वृद्धि भई कुल कर्जा लगानी रकम रू. ५० अर्ब २९ करोड पुगेको छ । बैंकले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ३४ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले कर्जा लगानीतर्फ गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ४४ दशमलव २८ प्रतिशतको वृद्धि गरेको देखिन्छ ।

साथै बैंकले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा निक्षेप संकलनतर्फ रू. १६ अर्ब ७७ करोडले वृद्धि गरी कुल निक्षेप संकलन रू. ५९ अर्ब २० करोड पुर्याउन सफल भएको छ । बैंकले गत आ. व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ४२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ३९ दशमलव ५३ प्रतिशतको वृद्धि गरेको देखिन्छ ।

गत आर्थिक वर्षको अन्त्यमा ०.२४ प्रतिशत रहेको गरिमा विकास बैंकको निष्कृय कर्जा यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा ०.५८ प्रतिशतमा कायम भएको छ ।

यस अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २७ पैसाले बढेर २४ रुपैयाँ ६ पैसा पुगेको भएको छ । यस्तै, प्रतिशेयर नेटवर्थ पनि ७ रुपैयाँ ४० पैसाले बढेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर खुद मूल्य १३८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४ दशमलव १५ गुणा रहेको छ ।

गरिमा विकास बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा वितरणयोग्य मुनाफा ४९ करोड २ लाख ९८ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ। उक्त वितरणयोग्य मुनाफालाई वार्षिकरण गर्दा वितरणयोग्य मुनाफा ६५ करोड ३७ लाख ३१ हजार हुन आउँछ । उक्त वार्षिकरण गरिएको वितरणयोग्य मुनाफालाई हाल कायम शेयर संख्या ३ करोड ६७ लाख ५९ हजार १२६ कित्ता शेयरले भाग गर्दा १७ दशमलव ७८ प्रतिशत हुन आउँछ। यस अर्थ, गरिमा विकास बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ मा १७ प्रतिशत लाभांश आफ्ना लगानिकर्ताहरु माझ वितरण गर्ने क्षमता बनाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x