एन आई सी एशिया बैङ्क ISO 27001: 2013 मान्यता प्राप्त संस्था


ज्ञानमाण्डू। एन आई सी एशिया बैङ्कले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं International Organization for Standardization (ISO) बाट मान्यता प्राप्त ISO 27001: 2013 (Information Security Management System) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

ISO 27001 मापदण्डको आवश्यकता अनुसार बैङ्कले आफ्ना ग्राहकहरूको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरूको सुरक्षणको सुनिश्चितता देखाए बापत बैङ्कलाई Quality Austria सँग आबद्ध Certification & Information Security Services GmbH ले यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको एन आई सी एशिया बैङ्कले जानकारी दिएको छ ।

उक्त उपलब्धिले भविष्यमा अझ सुरक्षित रूपमा आफ्ना ग्राहकहरूको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने विश्वास लिएको बैङ्कले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x