किसान लघुवित्तकाे आकर्षक लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?

 kisan laghubitta

ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल माघ २ गते, आइतबारका दिन बसेको सञ्चालक समितिको ७७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड २८ लाख ८ हजार ७७५ रुपैंयाको २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैँया बराबरको बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x