रिलायबल नेपाल लाइफले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारण समूहको  शेयर स्वामित्व संरचना परिवर्तन गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम  शेयर स्वामित्वमा परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार यो परिवर्तन नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक  शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम गरिनेछ।

हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत  शेयर स्वामित्व रहेको छ। प्रस्तावित संरचना अनुसार संस्थापक समूहको १९ प्रतिशत  शेयर सर्वसाधारण समूहमा परिणत गरिनेछ।

सेयर स्वामित्व परिवर्तनका लागि नेपाल बीमा प्राधिकरणको स्वीकृति लिनुपर्नेछ। प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले आगामी वार्षिक साधारण सभामा उक्त प्रस्ताव पेस गर्ने जनाएको छ। साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्रै  शेयर स्वामित्व संरचना औपचारिक रूपमा परिवर्तन हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x