
नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैङ्कले सो कोषमा रकम सहयोग गरेको हो ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने यस मानवीय कार्यमा बैङ्कले ऐक्यबद्धता जनाएको छ ।
बैङ्कले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, यस घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरूको सकुशल उद्धार एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको ४ करोड १ लाख रुपैयाँ प्रदान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
