
बैङ्क तथा वित्तीय संस्थामा तरलता बढेपछि नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले शुक्रवार बोलकबोलमार्फत उक्त रकम सङ्कलन गर्न लागेको हो।
राष्ट्र बैङ्कले १७५ दिन अवधिको निक्षेप सङ्कलन उपकरण जारी गर्ने जनाएको छ। यसअन्तर्गत सङ्कलित निक्षेपको साँवा तथा ब्याज आगामी २०८३ माघ २९ गते भुक्तानी गरिनेछ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
