राष्ट्र बैङ्कले १७९ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै

Gyanmandu | Achieving Excellence Together
नेपाल राष्ट्र बैङ्कले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले १७९ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन अनलाइन बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैङ्कका अनुसार बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा र ब्याज २०८३ माघ ८ गते भुक्तानी गरिनेछ।

बोलकबोल आज (सोमबार) अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान गरिएको रकमसम्म, ५ करोड रुपैयाँका गुण कमा बोलपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैङ्कले प्राप्त बोलपत्रमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः आह्वान गरिएको रकमसम्म निक्षेप बाँडफाँट गर्ने जनाएको छ। केन्द्रीय बैङ्कले पछिल्ला दिनमा बैङ्किङ प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्दै ब्याजदर सन्तुलनमा राख्न निक्षेप सङ्कलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता व्यवस्थापन गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x