
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट प्रक्रिया सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले असार ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर बिक्री खुला गर्ने जनाएको छ। यस निष्कासनबाट कम्पनीले १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको पुँजी सङ्कलन गर्ने लक्ष्य राखेको छ।
आइपिओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन्। बिक्री अवधि छिटोमा असार ८ गते बन्द हुनेछ भने पूर्ण आवेदन नपरेमा असार १७ गतेसम्म खुला रहने व्यवस्था गरिएको छ।
कम्पनीको वित्तीय अवस्था तथा दायित्व बहन क्षमताको मूल्याङ्कन गर्दै केयर रेटिङ्स नेपालले ‘डबल बी प्लस’ (BB+) इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीमा मध्यम स्तरको लगानी जोखिम रहेको सङ्केत गर्छ।
यस आइपिओमा लगानीकर्ताले आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था, तिनका शाखा वा ‘मेरो शेयर’ मार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
माउन्ट एभरेष्ट पावरको आइपिओ असार ३ गतेदेखि सर्वसाधारणका लागि खुल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
