
नेपालमा सन् २०२६ को फेब्रुअरी महिनामा मात्र १ लाख ५ हजार ४४१ विदेशी पर्यटकले भ्रमण गरेका छन्। मुख्य पर्यटन यामका रूपमा चिनिने यस महिनामा पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि फेब्रुअरीसम्म कुल १ लाख ९८ हजार ०१४ विदेशी पर्यटक नेपाल आएका छन्। फेब्रुअरी महिनामा मात्र दक्षिण एसियाबाट ३५ हजार ३४८ र युरोपबाट १७ हजार ४९३ पर्यटक नेपाल भित्रिएका छन्, जसले यस अवधिमा पर्यटन गतिविधि उल्लेखनीय रूपमा बढेको सङ्केत गर्छ।
विवरण अनुसार भारतबाट सबैभन्दा धेरै २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्। त्यस्तै, चीनबाट १० हजार ८१६, अमेरिकाबाट ९ हजार ७१०, श्रीलङ्काबाट ७ हजार ५१५ र म्यानमारबाट ६ हजार ०३५ पर्यटक नेपाल आएका छन्।
फेब्रुअरी महिनामा विदेशी पर्यटकको सङ्ख्या १ लाख नाघ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
