
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा र. ९ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिको लागि रु. १० अर्ब ५५ करोड २० लाख ३४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो।
माघ महिनामा मात्र रु. १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो, जुन सो महिनाको लागि निर्धारण गरिएको लक्ष्यको १०२.३४ प्रतिशत हो।
चालु आर्थिक वर्षको लागि मेची भन्सार कार्यालयले कुल रु. १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ।
मेची भन्सार कार्यालयद्वारा ९ अर्ब ९२ करोड राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
