नेपाल फाईनान्सकाे नाफा १ करोड ८१ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

नेपाल फाईनान्सकाे नाफा १०.०१ प्रतिशतले घटेकाे छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा फाइनान्सले २ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को चौथौँ त्रैमास सम्ममा फाइनान्सले १ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

७२ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल फाईनान्सले २ अर्ब ५५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४३ करोड १० लाख रुपैयाँ र सञ्चित मुनाफा २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको  छ ।

फाइनान्सकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सकाे वितरण योग्य मुनाफा २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । फाइनान्सकाे निष्क्रिय कर्जा अनुपात ९.११ प्रतिशत र प्रतिशेयर आम्दानी २ रुपैयाँ ४८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा र पछिल्लो कारोबार मूल्य रु २१५४ को आधारमा मूल्य आम्दानी अनुपात ८६८.५४ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x