पालिकाद्वारा दीर्घ रोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घ रोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूको बीमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताउनुभयो ।

“दीर्घ रोगी तथा गर्भवतीको नियमित उपचार र स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा गइरहनुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएकालाई खर्च अभावका कारण समस्या पनि हुनसक्ने अवस्था आउँछ”, उहाँले भन्नुभयो, “त्यस्ता लक्षित व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।”

गाउँपालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा ३० जना दीर्घ रोगी रहेका छन् भने ७५ जना गर्भवती छन् । उनीहरू सबैले आउँदो २०८१ जेठ १ गतेदेखि बीमाबापतको स्वास्थ्य उपचार सेवा लिन पाउने अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य बीमाबापत लाभग्राहीले वार्षिक रु एक लाखसम्मको उपचार सेवा निःशुल्क प्राप्त गर्नेछन् । “यो कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ”, अध्यक्ष तिमल्सिनाले भन्नुभयो, “गाउँपालिकाले पालिकाभित्रका सबै गर्भवती र दीर्घ रोगीको तथ्याङ्क सङ्कलन गरेर कार्यक्रम सञ्चालन गरेको हो ।” गाउँपालिकाले बीमा गर्दा गर्भवती तथा दीर्घ रोगीका परिवारका पाँच जना सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x