नेपाल राष्ट्र बैङ्कमा रोजगारीको अवसर


(प्रथम पटक प्रकाशित मिति : २०८० /११/१४)
समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक, काठमाडौंको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा देहायको पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकबाट मिति २०८०/१२/०४ गते आइतबार कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न आह्वान गरिएको छ। दरखास्त पेस गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र ( उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र समेत), अनुभवका कागजात एवम् छनौट समितिले तोकेका अन्यकाग जात संलग्न गर्नुपर्नेछ । म्यादभित्र दाखिला नभएको वा रित नपुगी आएको दरखास्तउपर कुनै किसिमको कारबाही हुने छैन ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
१. सेवाअवधि : १ (एक) वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने) ।
२. दरखास्त दिने अन्तिम मिति (२०८० / १२ / ०४) मा उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
३. परीक्षाको किसिम : कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता ।
४. दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशन गरिनेछ ।
५. पारिश्रमिक तथा अन्य सुविधाहरू रु. १,२६,३००/- (अक्षरेपि एक लाख छब्बीस हजार तीन सय मात्र) मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिनेछ । दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ । सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिने छैन । साथै, भैपरि आउने बिदा वार्षिक १२ दिन सम्म पाउने ।
६. काम गर्नुपर्ने कार्यालय : नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक काठमाडौं ।
७. दरखास्तफाराम छनौट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ ।
८. दरखास्त पेस गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा सोको पछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ ।
९. दरखास्त फाराम र सोका साथ पेस गर्नुपर्ने विवरण, व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेशसम्बन्धी जानकारी छनौट समितिको सचिवालयबाट उपलब्ध हुनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x