नेपाल बैङ्क लिमिटेडमा CEO पदमा रोजगारीको अवसर

(प्रथम पटक प्रकाशित मिति: २०८०/०६/२१)
सो बैंकमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको आधारमा पदपूर्ति गरिने भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४, नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० समेतलाई आधार मानी देहायको न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ ( एक्काइस) | दिन कार्यालय समयभित्र ( सो दिन बिदा परेमा कार्यालय खुलेको दिन कार्यालय समयभित्र ) सो बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा रहेको सञ्चालक समितिको सचिवालयमा दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरेको छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
१. न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव :
(१) व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको,
(२) चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव भएको, (३) कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेको ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
२. दरखास्त साथ पेस गर्नुपर्ने कागजात तथा विवरणहरू :
(१) उम्मेदवारले दरखास्त पेस गर्दा दरखास्त फाराम शैक्षिक योग्यता, कार्य अनुभव पुष्ट्याइँ गर्ने कागजात; नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, इमेल, टेलिफोन, मोबाइल नम्बर, घर र / वा कार्यालयको ठेगाना सहितको विस्तृत वैयक्तिक विवरण (Bio Data) को प्रत्येक पानाको अन्तमा दस्तखत गरी दुई प्रति पासपोर्ट साइजको फोटो सहित छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नुपर्नेछ ।
(२) उम्मेदवारले आफ्नो दरखास्त साथ व्यावसायिक कार्य योजना छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नुपर्नेछ । सिलबन्दी व्यावसायिक योजनाको भित्री पृष्ठमा उम्मेदवारले पहिचान देखिने गरी नाम वा कुनै सङ्केत लेख्न पाइनेछैन ।
(३) उम्मेदवारले दरखास्त पेस गर्दा कुनै निकायमा सेवारत भएमा सेवारत निकायको विभागीय स्वीकृति संलग्न गर्नुपर्नेछ ।
(४) नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र तथा कार्य अनुभव पुष्ट्याइँ गर्ने कागजातहरूको प्रतिलिपि आवेदक स्वयंले प्रमाणित गरी दरखास्त साथ पेस गर्नुपर्नेछ । विदेशी विश्वविद्यालयबाट अध्ययन गरेका उम्मेदवारले समकक्षता प्रमाणपत्र समेत पेस गर्नुपर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
३. दरखास्त साथ निम्न लिखित व्यहोरा आवेदक स्वयंले प्रमाणित गरी संलग्न गर्नुपर्ने:
(१) कुनै राजनीतिक दलको सदस्य नभएको ।
(२) सो बैंक सँगको ठेक्कापट्टा वा कुनै चल/अचल सम्पत्ति सम्बन्धी कारोबारमा आफैँ वा आफ्नो परिवारको कुनै सदस्यको संलग्नता नभएको वा सो बैंकसँग निजी स्वार्थ नभएको ।
(३) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको ।
(४) टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको ।
(५) कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको ।
(६) आर्थिक वर्ष २०७८/७९ को कर चुक्ता प्रमाणपत्र ।
(७) आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको।
(८) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४ तथा अन्य प्रचलित नेपाल कानूनद्वारा अयोग्य नरहेको ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
४. व्यावसायिक कार्य योजना पेस गर्नुपर्ने :
उम्मेदवारले आफ्नो दरखास्त साथ ५ हजार शब्दमा नबढ्ने गरी (अनुसूची बाहेक) तयार गरिएको तीन प्रति व्यावसायिक कार्य योजना ( Business Plan) र सोको Soft Copy (Pen Drive ) समेत सिलबन्दी गरी पेस गर्नुपर्नेछ । व्यावसायिक कार्य योजना तयार गर्दा प्रमुख कार्यकारी अधिकृतका लागि तोकिएको कार्यक्षेत्रगत सर्तहरू (TOR) र नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० मा रहेका व्यावसायिक कार्य योजनामा समावेश गर्नुपर्ने बुँदाहरू समेतका आधारमा तयार पारिएको हुनुपर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
५. छनोटका आधार तथा प्रक्रिया :
(१) उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव र पेस भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने उम्मेदवारहरूमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ( सम्भव भएसम्म ५ जना) उम्मेदवारलाई छनोट (सर्ट लिस्टिङ) गरी व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिनेछ । सर्ट लिस्टिङमा परेका उम्मेदवारले तोकिएको मिति र समयमा व्यावसायिक कार्य योजनाको प्रस्तुति समेत गर्नुपर्नेछ । तर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४ बमोजिम योग्यता नपुगेका, तोकिएको कागजात पेस नगर्ने तथा रीतपूर्वक दरखास्त प्राप्त नभएाका उम्मेदवारलाई सर्ट लिस्टिङ गरिनेछैन ।
(२) उपदफा (१) अनुसार छनोट भएका उम्मेदवारहरूमध्ये शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेतमा प्राप्त अङ्कका आधारमा उच्चतम अङ्क प्राप्त गर्ने तीन जनालाई वर्णानुक्रम अनुसार सञ्चालक समिति समक्ष सिफारिस गरिनेछ ।
(३) चारवटा भन्दा कम दरखास्त परेमा उक्त दरखास्तलाई कायमै राखी म्याद सकिएको ३ कार्य दिनभित्र थप १५ दिनको म्याद दिई दरखास्त दिने सूचना प्रकाशित गरिनेछ । थप भएको म्यादभित्र समेत चारवटा भन्दा बढी दरखास्त प्राप्त नभएमा जति दरखास्त प्राप्त भएका छन् सोही बमोजिम नै प्रक्रिया अगाडि बढाइनेछ ।
(४) प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव, नेपाली नागरिकताको प्रमाणपत्र एवं दरखास्त साथ पेस गरेका अन्य कागजातहरूको सक्कल प्रति साथै लिई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुनुपर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
६. पारिश्रमिक सम्बन्धी विवरण :
प्रमुख कार्यकारी अधिकृतलाई करारमा उल्लेख भएका सर्तहरू बमोजिम मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
७. अन्य विवरण :
(१) प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि २०८० तथा दरखास्त फाराम सो बैंकको वेबसाइटबाट हेर्न वा प्राप्त गर्न सकिनेछ ।
(२) सिलबन्दी व्यावसायिक कार्य योजनामा उम्मेदवारको पहिचान देखिने गरी नाम वा कुनै सङ्केत लेख्न पाइनेछैन ।
(३) दरखास्त पेस गर्दा खामको बाहिर “नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त/व्यावसायिक कार्य योजना” भन्ने उल्लेख गरेको हुनुपर्नेछ ।
(४) यो सूचना बमोजिम प्राप्त भएका दरखास्त उप समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ ।
(५) झुठ्ठा विवरण वा कागजात पेस गरेमा दरखास्त रद्द हुनुका साथै प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
(६) सो सम्बन्धी थप जानकारीका लागि सो बैंकको प्रधान कार्यालयको सञ्चालक समितिको सचिवालयमा स्वयं आएर वा फोन नं. ०१-५९७१२२२, ०१-५३४७९९९ (एक्स्टेन्सन २४८ / २५२), ०१-५९७११७७ मा सम्पर्क गर्न सकिनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x