
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले यही चैत्र १६ गते (आज) २६ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा डेलिश ओपेरा रेष्ट्राे एण्ड बैँक्वेट बालुवाटार, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७७/०७८ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७७/०७८ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १९ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा फाल्गुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 
 
         
             
     
    
 
     
     
     
                                                         
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            