स्थानीयदेखि सर्वसाधारणसम्म ग्रीनेदी इनर्जीको आइपिओ योजना अघि बढ्यो

ग्रीनेदी इनर्जी लिमिटेडले सार्वजनिक निष्कासन (आइपिओ) प्रक्रिया औपचारिक रूपमा अघि बढाउँदै प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ। उक्त सम्झौता मङ्सिर १ गते सम्पन्न भएको हो, जसमा कम्पनीका अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष् गौचनले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत हिस्सा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि सार्वजनिक गर्ने योजना बनाएको छ। कास्कीको इदी खोलामा निर्माण भएको ‘इदी खोला जलविद्युत आयोजना’ २०८२ वैशाख ८ गतेदेखि व्यावसायिक उत्पादनमा आएको छ, जसलाई ग्रीनेदी इनर्जीले सफलतापूर्वक सञ्चालन गर्दै आएको छ।

कम्पनीमा बैङ्किङ, जलविद्युत, बिमा तथा पुँजी बजार क्षेत्रमा अनुभवी तथा दक्ष व्यक्तिहरूको संलग्नता रहेको बताइएको छ। क्यु–६५ संरचनामा तयार गरिएको आयोजना स्थिर पानी प्रवाहमा आधारित सुरक्षित र दीर्घकालीन डिजाइन मानिन्छ।

अध्यक्ष कायस्थका अनुसार ग्रीनेदी इनर्जीले भविष्यमा थप जलविद्युत परियोजना मात्र होइन, सौर्य तथा हरित ऊर्जामा समेत लगानी विस्तार गर्ने योजना अघि बढाइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x