१ महिनामा व्यापार घाटा १ खर्ब माथि, निर्यातमा ९.६३ प्रतिशतको गिरावट



चालु आर्थिक वर्षको १ महिनासम्मको अवधिमा नेपालले १२ अर्ब २२ करोड बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको पहिलो महिना श्रावण मसान्तसम्ममा मात्रै १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ९ दशमलव ६३ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ को श्रावण मसान्तसम्मको अवधिमा नेपालबाट कुल १३ अर्ब ५२ करोड रुपैयाँ अधिकको वस्तु निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको पछिल्लो १ महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ अधिकको वस्तु आयात गरेको छ । यो गत आ.व. को सोही अवधिको तुलनामा ०.६७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १ खर्ब २९ अर्ब रुपैयाँ अधिकको वस्तु आयात गरेको थियो ।

यता आयात र निर्यात दुवैमा गिरावट आउँदा व्यापार घाटा भने शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको श्रावण महिनासम्ममा नेपालले १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ अधिक रहेको थियो ।

यसरी निर्यात व्यापार घटिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा ८.२४ प्रतिशतले गिरावट हुँदै ८.७० प्रतिशत कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९.४८ प्रतिशतमा सीमित रहेको थियो । यता, घट्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ९१.३० प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९०.५२ प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा शून्य दशमलव ८६ प्रतिशतको वृद्धि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x