घरजग्गा कारोबार: कुन आर्थिक वर्षमा कति ?

अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका सङ्केतहरू देखिए पनि घरजग्गामा आशातीत उपलब्धि हासिल हुन सकिरहेको छैन ।

कुन आर्थिक वर्षमा कति कारोबार ?

गएको दुई वर्षको तथ्याङ्क हेर्दा २०७९ साउनदेखि २०८० वैशाख १५ सम्म ९ लाख ४९ हजार ८ घरजग्गाहरूको कारोबार भएको छ भने २०८० साउनदेखि २०८१ वैशाख १५ गतेसम्म ११ लाख ३९ हजार ११४ घरजग्गाहरूको कारोबार भएको छ । अर्थात्  २०८० साउनदेखि २०८१ वैशाख १५ गतेसम्ममा गत वर्षको तुलनामा १ लाख ९० हजार १०६ बढी घरजग्गाहरूको कारोबार भएको र त्यसबाट रु ५ अर्ब १० करोड रुपैयाँ बराबरको राजस्व वृद्धि भएको देखिन्छ ।

गएको चार आर्थिक वर्षहरूको कारोबार स्थिति

लिखत पारितका हिसाबले हेर्दा आव २०७६/७७ मा १२ लाख १२ हजार २३० घरजग्गा लिखत पारित हुँदा २६ अर्ब ३७ करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो भने आव २०७७/७८ मा १७ लाख २८ हजार १४० घरजग्गा कारोबार हुँदा ५३ अर्ब सात करोड १५ लाख राजस्व सङ्कलन भएको थियो । 

त्यस्तै आव २०७८/७९ मा १८ लाख १४ हजार ७३९ घरजग्गा कारोबार हुँदा रु ६८ अर्ब १८ करोड ५९ लाख राजस्व सङ्कलन भएको थियो भने आव २०७९/८० मा झन्डै २६ प्रतिशतले घटेर रु १३ लाख ३६ हजार छ सय ३३ घरजग्गा कारोबार हुँदा ३७ अर्ब ७५ करोड ८८ लाख राजस्व सङ्कलन भएको थियो । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x