स्काइपिक एड्भेंचर्स पार्क लिमिटेडले आइपिओ ल्याउने, पर्यटन क्षेत्रमा ठुलो लगानीको सङ्केत

बन्दीपुर स्काई वाक् बाट आफ्नो नाम परिवर्तन गरेर 'स्काइपिक एड्भेंचर्स पार्क लिमिटेड' कायम गरेको उक्त कम्पनीको जारी पुँजी रु. ८८ करोड रहेको छ। कार्तिक १ गते बस्ने वार्षिक साधारण सभाबाट आइपिओको प्रस्ताव पारित गरी निष्कासन प्रक्रिया अगाडि बढाउने योजना तय गरेको सो कम्पनीले आइपिओ मार्फत रु. १८ करोड ६ लाख ६४ हजार को शेयर बिक्री गर्ने भएको छ। ।

विश्व स्तरीय साहसिक पर्यटन केन्द्र बन्ने लक्ष्य सहित कम्पनीले केवल एउटा पार्क नभई नेपालमै विश्व स्तरीय स्तरको साहसिक पर्यटनको एक अद्वितीय केन्द्र बनाउने योजना राखेको छ। यसको लागि पार्कले १५ वटा भन्दा बढी आकर्षक सुविधा तथा साहसिक गतिविधिहरू उपलब्ध गराउने योजना बनाएको छ, जसमा प्रमुख रूपमा यी पर्दछन्: दुनियाँको 97 मिटर लामो क्यान्टिलिभर गलास वाक् (हावामा हिँड्ने अनुभव), बंजी जम्प, सोप स्विंग, फ्लाई डाइनिङ (साहसिक रोमाञ्चको चरम सीमा), एटीवी सफारी, किड्स जोन,  भयूज रुम सहितको टावर (हिमालयको दृश्य), क्याप्सुल लिफ्ट, गलास स्काइ वाक्,  मेटल टावर क्लाइंबिंग, टावर जम्प, रक क्लाइमबिंग, एज वाक्, एड्भेंचर क्याम्प, मेकानिकल स्विंग, १०८ फिट अग्लो आदि योगी मूर्ति र धार्मिक पार्क बन्ने छ।

यिनीहरू को चरणबद्ध निर्माण र सञ्चालन गर्ने गरी निर्माण कार्य सम्पन्न गरिरहेको छ। अर्को ६ महिनाभित्र नै अधिकांश उत्पादनहरूको व्यावसायिक सञ्चालन सुरु हुने र बाँकी प्रडक्ट अर्को १८ महिनाभित्र जस्तो क्यान्टिलिभर गलास वाक्, सोप स्विंग र बंजी जम्प सञ्चालनमा आउनेछ। रु. १ अर्ब ७० करोड लागत रहेको यो ठुलो परियोजनाको लागि रु. ८८ करोड शेयर पुँजी र रु. ८२ करोड बैङ्क ऋणबाट लागत व्यवस्थापन गरिने कम्पनीले जनाएको छ। कम्पनीले यो योजना सुरक्षित, सन्तुलित र सबै लगानीकर्ताका लागि फाइदाजनक रहने दाबी गरेको छ।

चरण बद्ध सञ्चालन सँगै लाभांश र जोखिम व्यवस्थापन सहित कम्पनीले आफ्नो व्यावसायिक सञ्चालनपछि वार्षिक नाफाबाट कानुन बमोजिमको नगद लाभांश वितरण गर्ने बताएको छ। पहिलो दुई वर्ष निर्माण कालको अवधि हुने भएता पनि यसपछिको अवधिमा नियमित रूपमा लाभांश दिने लक्ष्य राखिएको छ। पर्यटक आगमन, प्राविधिक चुनौती, प्राकृतिक विपद् जस्ता जोखिमहरूको व्यवस्थापन गर्न कम्पनीले पर्याप्त बिमा कभरेज लिने, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पालना गर्ने र आकस्मिकता योजना बनाएर काम गर्ने बताएको छ। लगानीकर्ताहरूको लगानी सुरक्षित राख्नु कम्पनीको सर्वोच्च प्राथमिकता रहेको यस कम्पनीका प्रमुख प्रवर्द्धकहरूमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड, आरकेडी होल्डिंग्स लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड, र अन्य १००० भन्दा बढी व्यक्तिगत प्रवर्द्धकहरू रहेका छन्। यो आईपीओले नेपालको साहसिक पर्यटन क्षेत्रमा ठुलो लगानीको रूपमा चिनिँदै स्थानीय तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x