प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

प्रभु बैङ्क लिमिटेडको शत प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको, प्रभु बैङ्क लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लीला प्रकाश सिटौलाले आज एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गर्नुभयो । सो कार्यक्रम शुभकामना मन्तव्य दिँदै उहाँले प्रभु बैङ्कको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोबार सँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकास आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गर्नुभयो । सोही कार्यक्रमका विशेष अतिथि प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैङ्कको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गर्नुभयो साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिँदै ब्रोकर कम्पनीको रूपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुद्ध नगर – १०, नयाँबानेश्वर काठमाडौँमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी रु २०,००,००,०००.००( अक्षरेपि बिस करोड मात्र) रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x