१२ महिनामा व्यापार घाटा १४ खर्ब माथि, निर्यातमा ३.०३ प्रतिशतको गिरावट



चालु आर्थिक वर्षको १२ महिनासम्मको अवधिमा नेपालले १ खर्ब ५२ अर्ब बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको साउन देखि असार मसान्तसम्ममा मात्रै १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ३ दशमलव ०३ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको अवधिमा नेपालबाट कुल १ खर्ब ५७ अर्ब रुपैयाँ अधिकको वस्तु निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको पछिल्लो १२ महिनामा नेपालले विभिन्न देशबाट १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ अधिकको वस्तु आयात गरेको छ । यो गत आ.व. को सोही अवधिको तुलनामा १.१६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १६ खर्ब ११ अर्ब रुपैयाँ अधिकको वस्तु आयात गरेको थियो ।

यता आयात र निर्यात दुवैमा गिरावट आउँदा व्यापार घाटा पनि सोही अनुरूप शून्य दशमलव ९६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको असार महिनासम्ममा नेपालले १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ अधिक रहेको थियो ।

यसरी निर्यात व्यापार घटिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा १.७२ प्रतिशतले गिरावट हुँदै ८.७३ प्रतिशत कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ८.८८ प्रतिशतमा सीमित रहेको थियो । यता, घट्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ९१.२७ प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९१.१२ प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा शून्य दशमलव १७ प्रतिशतको वृद्धि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x