शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक बीमा शुल्क सङ्कलन गर्ने निर्जीवन बीमा कम्पनीमा कम ब्याक गरेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म शिखर इन्स्योरेन्सले २ अर्ब ४५ करोड कुल बीमा शुल्क सङ्कलन गरेको छ । मङ्सिर महिनासम्मको बीमा शुल्क सङ्कलनको तथ्याङ्क हेर्दा शिखर इन्स्योरेन्स तीन नम्बरमा थियो ।
त्यस्तै दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ३४ करोड बीमा शुल्क सङ्कलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले १ अर्ब ९७ करोड बीमा शुल्क सङ्कलन गरेको छ ।
सबै भन्दा कम बीमा शुल्क नेशनल इन्स्योरेन्सले सङ्कलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६१ करोड बीमा शुल्क सङ्कलन गरेको छ ।
पुष महिनासम्म नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरू १९ अर्ब ३९ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् । पुष महिनामा मात्र  १४ निर्जीवन बीमा बाट ३ अर्ब ६७ करोड कुल बीमा शुल्क आम्दानी भएको हो । हाल नेपालमा १४ निर्जीवन बीमा कम्पनी रहेका छन् भने  निर्जीवन लघुबीमा तर्फ तीन कम्पनी रहेका छन् । 

प्रिमियम सङ्कलनमा एक नम्बरमा शिखर इन्स्योरेन्सको कम ब्याक, अरू कम्पनीको अवस्था कस्तो ?
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            100.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            