
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चैत्र महिनासम्ममा १ खर्ब २६ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य २४ अर्ब ४० करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ९९ अर्ब ५५ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
चैत्र महिनामा मात्र कम्पनीहरूले ३ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क र १३ अर्ब ९३ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी १७ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल लाइफको सर्वाधिक व्यापार
चैत्र महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । चैत्र महिनासम्ममा नेपाल लाइफले ३३ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले १५ अर्ब ६४ करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
 
चैत्र महिनासम्ममा जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन १ खर्ब माथि, नेपाल लाइफको सर्वाधिक व्यापार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            