
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रवार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। हिजो बिहीबार सुन तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ४४० रुपैयाँले घट्दै ७ हजार ६५ रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रवार सुनको मूल्यमा ठुलो गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
