प्रभु बैङ्कको नाफा १ अर्ब १ करोड ४४ लाख, मूल्य आम्दानी अनुपात कति ?


प्रभु बैङ्क लिमिटेडले आ.व. २०८२/८३ को दोस्रो त्रैमास सम्ममा १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैङ्कले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ। यसअनुसार बैङ्कको खुद नाफा २४.०८ प्रतिशतले घटेको छ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैङ्क लिमिटेडले ३ खर्ब ४० अर्ब ७३ करोड निक्षेप सङ्कलन गरेको छ जुन गत आ.व. को तुलनामा ०.४२ प्रतिशतको गिरावट हो । त्यस्तै बैङ्कले कर्जा तथा सापटी ०.८३ प्रतिशतले वृद्धि गरेको छ भने सोही अवधिमा बैङ्कको जगेडा कोष ४२.८६ प्रतिशतले घटेको छ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.३८ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४.५९ प्रतिशतले बढेको छ। बैङ्कको निष्क्रिय कर्जा अनुपात ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेपछि इम्पेरमेन्ट चार्ज पनि ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस कारण बैङ्कको सञ्चालन मुनाफा र खुद नाफा पनि दुवै घट्न पुगेका छन्। त्यस्तै, बैङ्कको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

बैङ्कको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ। पछिल्लो कारोबार मूल्य १८९ रुपैयाँको आधारमा बैङ्कको मूल्य आम्दानी अनुपात २१.९२ रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x