
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले पाैष महिनासम्ममा ८० अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य १५ अर्ब ८४ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ६३ अर्ब ३८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
पाैष महिनामा मात्र कम्पनीहरूले ३ अर्ब ३७ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ११ अर्ब ३० करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी १४ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल लाइफको सर्वाधिक व्यापार
मङ्सिर महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । पाैष महिनासम्ममा नेपाल लाइफले २२ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले ९ अर्ब ६० करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
 
पौष महिनासम्ममा जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ८० अर्ब माथि, नेपाल लाइफको सर्वाधिक व्यापार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            