हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले वैशाख महिनासम्ममा १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य २७ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने १ खर्ब ९ अर्ब ४३ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
वैशाख महिनामा मात्र कम्पनीहरूले ३ अर्ब ५ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ९८ अर्ब ८० करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी १३ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल लाइफको सर्वाधिक व्यापार
वैशाख महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । वैशाख महिनासम्ममा नेपाल लाइफले ३६ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले १७ अर्ब २० करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले १५ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
वैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन १ खर्ब माथि, नेपाल लाइफको सर्वाधिक व्यापार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
