हिमालयन क्यापिटलले साउन ३२ गते बिहीबार देखि निष्कासन गरेको हिमालयन ८०–२० म्युचुअल फण्डमा २६ हजार २५ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार भदौ ४ गते बिहान १०:०७ बजेसम्म २ करोड ४१ लाख १० हजार ९८० इकाईका लागि आवेदन प्राप्त भएको छ । उक्त इकाईमा आवेदन दिने (आज) भदौ ४ गते अन्तिम दिन रहेको थियो तर पर्याप्त आवेदन नआएपछि क्यापिटलले निष्कासनको म्याद भाद्र १५ गतेसम्म लम्ब्याएको हो ।
बिक्री खुला भएको आवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिद गर्नका निमित्त आवेदन प्राप्त भएमा मात्र इकाईको बाँडफाँड गर्न सकिनेछ। यदि ५० प्रतिशत इकाईका लागि आवेदन प्राप्त नभए योजना खारेज गरी १५ दिन भित्र निवेदकहरूको रकम फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अङ्कित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धन हिमालयन बैङ्कलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीका लागि निष्कासन गरेको हो ।
हिमालयन ८०–२० म्युचुअल फण्डमा न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाइनेछ। उक्त फण्डकाे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने १० वर्ष अवधिको उक्त फण्डको इकाईमा इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
हिमालयन ८०–२० म्युचुअल फण्डमा अहिलेसम्म जम्मा २८.३६ % इकाईका लागि आवेदन प्राप्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
