साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर २०३७ दशमलव ०६ को विन्दुमा कायम भएको छ। आज कूल २७५ कम्पनीहरूका १ करोड २५ लाख ६१ हजार ४४० कित्ता शेयर रु. ५ अर्ब ०१ करोड ७८ लाख ०७ हजार ६८२ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २८ करोड १७ लाख ०८ हजार ८४२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन डिष्टिलरी लिमिटेडको रु. २४ करोड ३३ लाख ९६ हजार २८१ बराबरको शेयर कारोबार भएको छ।
यता, नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रु. १४ करोड ५६ लाख ४५ हजार १८१ कारोबार हुँदा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १३ करोड ३४ लाख ३१ हजार ९०८ र नेपाल टेलिकमको रु. १२ करोड ८८ लाख २२ हजार २२४ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
