
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख १९ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

साेमबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।