एनआरएन लघु वित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्बन्धी सूचना

ज्ञानमाण्डू। मिति २०७६/२/३० मा बसेको एनआरएन लघु वित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको २६ औँ बैठकको निर्णयानुसार संस्थाको विशेष साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयउपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयर धनी महानुभावहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरेको कुरा कम्पनीले जनाएको छ । 

१) मिति, स्थान र समय

मितिः २०७६ साल आषाढ १४ गते शनिवार 

स्थान: संस्थाको केन्द्रीय कार्यालय धनगढी, कैलाली 

समयः बिहान ११ः बजे 

२) छलफलका विषयहरुः 

क) विशेष प्रस्तावहरू :

१. एनआरएन लघु वित्त वित्तीय संस्था लि. ले क्रियटिभ लघु वित्त वित्तीय संस्था लि. र रामा रोशन लघु वित्त वित्तीय संस्था लि.लाई गाभ्ने सम्बन्धमा ।

२. एनआरएन लघु वित्त वित्तीय संस्था लि. ले क्रियटिभ लघु वित्त वित्तीय संस्था लि. र रामा रोशन लघु वित्त वित्तीय संस्था लि.लाई गाभ्ने योजनाका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (Due diligence Audit , DDA) बाट निर्धारण भएको शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) मा प्राप्ति पश्चात्को व्यवसाय तथा अन्य सुअवसरहरूलाई मध्यनजर गरी एनआरएन लघु वित्त वित्तीय संस्था लि.को समायोजित प्रति शेयर मूल्य रु.१०० कायम गरी मर्जर अघि कायम रहेको एनआरएन लघु वित्त वित्तीय संस्था लि.को १०० कित्ता शेयर हुने शेयर धनीलाई गाभिएपछि बन्ने एनआरएन लघु वित्त वित्तीय संस्था लि.को १०० कित्ता शेयर प्रदान गर्ने गरी रामा रोशन र क्रियटिभ लघु वित्त वित्तीय संस्था लि. लाई बराबर शेयर आदान प्रदान अनुपातमा गाभ्न÷गाभिन स्वीकृति प्रदान गर्ने सम्बन्धमा ।

३. एनआरएन लघु वित्त वित्तीय संस्था लि.ले रामा रोशन र क्रियटिभ लघु वित्त वित्तीय संस्था लि. लाई गाभ्ने सम्बन्धमा सम्पन्न समझदारी पत्र (Memoradum of Understanding) सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन (Due diligence audit report) तथा प्राप्ति सम्बन्धमा गठित मर्जर कमिटी , संयुक्त मर्जर कमिटी र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका खर्च लगायतका सम्पूर्ण काम कारबाहीहरू अनुमोदन गर्ने सम्बन्धमा ।

४. एनआरएन लघु वित्त वित्तीय संस्था लि.ले रामा रोशन र क्रियटिभ लघु वित्त वित्तीय संस्था लई गाभ्ने प्रयोजनका लागि गठित संयुक्त मर्जर समितिबाट नियुक्त सम्पत्ति तथा दायित्वको मूल्याकंनकर्ता चाटर्ड एकाउण्टेन्टको नियुक्ति तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्ने सम्बन्धमा।

५. सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत र निजको कार्यकाल सम्बन्धमा एकीकृत निर्देशन बमोजिमको व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा ।

६. गाभ्ने गाभिने प्रक्रिया पूरा भए पश्चात् संस्थाको कार्यक्षेत्र सम्बन्धमा ।

७. एनआरएन लघु वित्त वित्तीय संस्था लि. ले क्रियटिभ लघु वित्त वित्तीय संस्था लि. र रामा रोशन लघु वित्त वित्तीय संस्था लि.लाई गाभे पश्चात् पुँजी संरचनामा हुने परिवर्तन लगायत वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने हंदा सो बमोजिम प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरू संशोधन वा परिमार्जन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा थपघट गर्न आवश्यक देखि निर्देशन प्राप्त भएमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

८. कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आ.व. २०७५÷०७६ को लागि लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । लेखापरिक्षक नियुक्त गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने। 

९. समझदारी पत्र (Memoradum of Understanding) मा उल्लेख भए बमोजिम ज्येष्ठ संस्थाको रूपमा रहेको क्रिएटिभ लघु वित्त वित्तीय संस्थाको स्थापना वर्ष कायम गर्ने, संयुक्त साधारण सभा नहुन्जेल सञ्चालक समितिको गठन सम्बन्धमा प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।

१०. प्रबन्धपत्र र नियमावलीमा सम्बन्धित निकायबाट स्वीकृति लिई आन्तरिक रेमिटेन्स र सदस्यहरूको बिमा गर्ने कार्य थप गर्ने सम्बन्धमा ।

११. अन्य आवश्यक संशोधन गर्न, गाभ्ने गाभिने कार्यका लागि कुनै थप निर्णय गर्न र नियमनकारी निकायहरूबाट फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो समेत समायोजन गर्ने गरी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

ख) विविध: 


सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव

विशेष साधारण सभा सम्बन्धी थप जानकारी

१. विशेष साधारण सभामा भाग लिन आउँदा आफ्नो परिचय खोल्ने प्रमाण पत्र वा वित्तीय संस्थाले जारी गरको परिचय पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ ।

२. विशेष साधारण सभामा भाग लिन आएका प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै प्रोक्सी फारम वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनगढीमा दर्ता गराई सक्नुपर्ने छ । शेयर धनीबाहेक अरूलाई पे्राक्सी दिन वा शेयर विभाजन गरी दिन पाइने छैन । एक जना शेयरधनीले एक भन्दा बढी व्यक्तिलाई प्रोक्सी दिई पठाएमा पहिले दर्ता गराएको प्रोक्सी मान्यता पाउने छ ।

३. विशेष साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक भएमा केन्द्रीय कार्यालयको फोन नं.०९१ ५२६३२३ मा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x