८ वटा म्युचुअल फण्डकाे प्रति इकाई १० रुपैयाँमा कुल ६९ करोड ५० लाख इकाई नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्कासनको तयारीमा रहेका छन् । जसमध्ये योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको ग्लोबल आइएमई समुन्नत योजना २ र योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको एनएमबि हाइब्रिड फण्ड २ ले सर्वाधिक इकाई निष्कासन गर्ने तयारीमा रहेका छन् । सो फण्डहरुले १२ करोड इकाई निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका छन् ।
त्यस्तै कुमारी क्यापिटलले कुमारी सबल योजना स्किम निष्कासन गर्नका लागि नेपाल धिताेपत्र बोर्ड (सेबाेन)मा निवेदन दिएको हो । सो फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । त्यस्तै प्रभु क्यापिटल लिमिटेडले प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम फण्डकाे ४ करोड इकाई निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।
यसै गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि एनआइ ३१ म्युचुअल फण्डले १ करोड ५० लाख इकाई निष्कासन गर्नेछ । सो म्युचुअल फण्डकाे योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ । त्यस्तै योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड भएको सानिमा फ्लेक्सी फण्डले १० करोड इकाई, योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको मेगा म्युचुअल फण्ड-२ ले १० करोड इकाई र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड भएको एनआईसी एशिया ग्राेथ फण्ड-२ ले १० करोड इकाई निष्कासन गर्ने योजनामा रहेका छन् ।
६९ करोड ५० लाख इकाई म्युचुअल फण्ड निष्कासनको तयारीमा, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%
