सानिमा सेक्यूरिटीज लिमिटेडले श्रावण ०७ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा सानिमा बैङ्कको सभा हल, नक्साल, काठमाडौँमा अपराह्न १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा सोको लागि प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले प्रबन्ध पत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
सानिमा सेक्यूरिटीज लिमिटेडले आज विशेष साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
