मौलाकाली केबलकारले टिकटमा ५० प्रतिशत छुट सहित इभिनिङ् अफर ल्याएको छ । यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । सो अफर अन्तर्गत प्रत्येक बुधवार दिउसो २ बजेपछि केबलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केबलकारका स्टेसन मेनेजर सुरज पौडेलले बताउनुभयो । हाल केबलकारको दुई तर्फी साधारण टिकट मूल्य रु. ५५० कायम छ । सो अफर अन्तर्गत अब यात्रुहरूले रु. २७५ मै दुई तर्फी यात्रा गर्न पाउनेछन् । सो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केबलकारमा यात्रा गर्ने अवसर मिल्नेछ, साथै दर्शनार्थीहरुलाई दिउसो पनि मन्दिर जान प्रेरित गर्नेछ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा छ । दिउसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा सो अफरले केही हदसम्म दिउसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौँ - केबलकारका स्टेसन मेनेजर पौडेल बताउनुभयो । मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरूको तुलनामा यो सिजनमा भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केबलकार सञ्चालनमा आएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको सङ्ख्या करिब २५ प्रतिशतले बढेको छ । गर्मी, वर्षात् , खेतीपाती लगायत विविध कारणले अघिल्ला वर्षहरूमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ । धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरूलाई सेवा दिँदै आएको छ । शनिवार र अन्य बिदाका दिनमा बिहान ५:३० देखि केबलकार सञ्चालन हुने गरेको छ ।
मौलाकाली केबलकारको इभिनिङ अफर, आधा सस्तो टिकट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en