नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र ५ गते आइतबारका दिन सिद्धार्थ बैङ्क र विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ।
नेपाल स्टक एक्सचेन्जमा आइतबार सिद्धार्थ बैङ्क लिमिटेडको कुल १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२.५० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो । कम्पनीको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।
त्यस्तै, विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयर धनीहरूलाई वितरण गरेको ५ प्रतिशतले हुन आउने कुल ५ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा आइतबार सूचीकृत भएको छ ।
नेप्सेमा सिद्धार्थ बैङ्क र विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
