नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देखिएका बहु आयामिक चुनौतीलाई पार गर्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरूबिच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्व बिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
एफएनसीसीआईका अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरू दोहोर्याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबिचको सहकार्य र सवन्वयबाटमात्र यी चुनौतीको सामना गर्न सकिने बताउनुभयो ।
ढकालले द्रुत डिजिटलाइजेसन र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सम्भावित असमानताहरूलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक संवादको सुदृढीकरणमा नेपाल प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठुला र उदीयमान मुलुक, चीन र भारतको बिचमा रहेकोले, नेपालमा बजारको ठुलो सम्भावना रहेको पनि बताउनुभयो ।
उहाँले नेपालको जलविद्युत, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभयो ।
आफ्नो भनाइको अन्त्यमा अध्यक्ष ढकालले विकसित विश्वव्यापी समस्यालाई कम गर्न सबैको साथ र सहयोगको लागि समेत अपिल गर्नुभयो ।
एफएनसीसीआई अध्यक्ष ढकालद्वारा क्षेत्रीय सहकार्यमा जोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
