जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो क्षेत्रको आर्थिक विकासका लागि नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलनको तयारी गरेको छ । युवा व्यवसायीलाई प्रतिस्पर्धी बनाएर लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलो पटक गाउँपालिकाले सो सम्मेलन आयोजना गर्न लागेको हो ।
गाउँपालिकाभित्र रहेका, उद्योगी र व्यवसायीको सीपमार्फत व्यवसाय गर्न उत्प्रेरित व्यक्ति तथा लगानी गर्न इच्छुक लक्ष्य गरी फागुनको अन्तिम सातासम्म सम्मेलन आयोजना गर्न गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । नवप्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत युवाको चाहना र लक्ष्यलाई पूरा गर्ने मुख्य उद्देश्य सम्मेलनको रहेको उहाँको भनाइ थियो ।
उक्त गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्मेलनबाट प्रतिस्पर्धी लाभको क्षेत्रको पहिचान स्वयं युवा व्यवसायीले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसाय गर्न इच्छुक व्यक्ति वा समूहले प्रस्ताव पेस गरेपछि पालिकाबाट सहयोग गर्ने र व्यवसायलाई अगाडि बढाउने नयाँ कार्यक्रम हो ।”
गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानीय स्तरमा हुने उद्यम व्यवसाय, पर्यटन, स्थानीय उत्पादन, पूर्वाधार निर्माण, सीप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवर्द्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरणलगायत विषयमा सम्मेलनमा छलफल हुने नवप्रवर्द्धन कार्यक्रमका स्रोत व्यक्ति एवं गाउँपालिकाका अधिकृत प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।
स्थानीय क्षेत्रको आर्थिक विकास गर्नु, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आय आर्जन गर्नुलगायत कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ थियो ।
नवप्रवर्द्धनमा आधारित कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउन निजी क्षेत्र, स्थानीय शिक्षालय, गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठित व्यक्ति, उद्योग वाणिज्य सङ्घ बजार इकाइ, सहकारी, घरेलु महासङ्घ, पर्यटन व्यवसायीसँग सहकार्य गरिने गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमबाट गाउँपालिकामा धेरै व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने विश्वास गरिएको छ । स्थानीय स्तरमा हाटबजार निर्माण गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने र युवालाई व्यवसायप्रति जागरुप बनाउनेजस्ता कार्य गाउँपालिकाले गर्दै आएको छ ।
 
म्याग्देमा नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    