
प्रभु बैङ्क लिमिटेडका संस्थापक शेयरधनीहरुले १ लाख १६ हजार ६७३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका ६ जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २०७९/१२/२४ देखि २५ हजार कित्ताको लागि र २०८०/०१/२७ देखि ९१ हजार ६७३ कित्ता गरी जम्मा १ लाख १६ हजार ६७३ कित्ताको लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा १० असारदेखि १५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो बैङ्कले जानकारी दिएको छ ।
सो संस्थापक शेयर खरिदको लागि १० असारबाट १५ दिन भित्र बैङ्कको केन्द्रीय कार्यालय, बबरमहल, काठमाण्डाैँमा आइपुग्ने गरी निवेदन पेस गर्न सक्ने सो बैङ्कले जनकारी दिएको छ ।
 
संस्थापक शेयर बिक्री गर्दै प्रभु बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    