नेपाल बैंकर्स सङ्घ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (IIN) का बिच पर्यावरणीय, सामाजिक तथा सुशासन (ESG) मा प्रमाणित पाठ्यक्रम संयुक्त रूपमा सञ्चालन गर्न एक सम्झौता पत्र (MoU) मा हस्ताक्षर भएको छ ।
सो सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित University of Pompeu Fabra Barcelona School of Management (UPF-BSM) को वातावरणीय, सामाजिक र सुशासन (ESG) मा प्रमाणित पाठ्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने सो कम्पनीले जानकारी दिएको छ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ESG स“ग सम्बन्धित विषयमा बैङ्क तथा वित्तीय संस्थाहरूको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिएको सो कम्पनीले बताएको छ ।
सो सम्झौता पत्रमा सङ्घका अध्यक्ष श्री सुनिल के.सी. र IIN का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विवेक श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
नेपाल बैंकर्स सङ्घ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल बिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
