नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधवार वाट सुरु भएको तालिम तीन दिन सम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (सशक्त महिला संवृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँ बिच भएको सम्झौता बमोजिम नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिम सुरु भएको हो ।
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमराज चौलागाईले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगन देव भट्टको पनि आतिथ्यका रूपमा उपस्थिति रहेको थियो । तीन दिन सम्म सञ्चालन हुने तालिमको उद्देश्य र नेपाल उद्योग वाणिज्य महासङ्घको परिचय सहितको भनाई महासङ्घका सहायक निर्देशक हरि पौडेलले राख्नु भएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको प्रमुख प्रशिक्षकको रूपमा आस्था भट्ट रहनु भएको छ ।
प्रमुख अतिथिले उद्घाटन सत्रमा स्याहार अर्थतन्त्रमा अव सरकार र निज क्षेत्र गम्भीर भएर यसको आवश्यक कार्यविधि बनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठुलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलाप सँग जोडिएको विषय भएको हुँदा अव स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय बनाउन आवश्यक रहेको र यसलाई सहजी करण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको विषय जानकारी गराउनु भएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा सुदूरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको छ ।
स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
