साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक १६ दशमलव ५४ अङ्कले बढेर १८६६ दशमलव ३४ को विन्दुमा कायम भएको छ । नेप्से परिसूचक १६ दशमलव ५४ अङ्कले बढेर १८६६ दशमलव ३४ को विन्दुमा कायम भएको छ।
कारोबार रकमका आधारमा प्रभु बैङ्क लिमिटेड प्रमाेटर शेयरको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २३ करोड २१ लाख ३४ हजार ५७९ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट लिमिटेडको रु. ११ करोड २५ लाख ०२ हजार १२० बराबरको शेयर कारोबार भएको छ।
यता,एनआईसी एशिया बैङ्क लिमिटेडको रु. ४ करोड ५५ लाख ७५ हजार ४६० कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ३ करोड ४१ लाख ६१ हजार २८३ र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. ३ करोड ३१ लाख ४४ हजार ८५५ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
