आज(बुधवार) सरकारले विविध कार्यक्रम गरी विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाउँदै छ। विशेष गरी नेपाल दूरसञ्चार प्राधिकरणले दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसको अवसरमा दूरसञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धी विविध कार्यक्रम आयोजना भइरहेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘आज विश्व दूरसञ्चार र सूचना दिवस हो । सरकारले दूरसञ्चारसँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरेको छ । यही सन्दर्भमा होटेल र्याडिसनमा सूचना प्रविधि तथा दूरसञ्चारसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएको छ ।’
मन्त्रालयका अनुसार प्राधिकरणले होटेल र्याडिसनमा बुधवार कार्यक्रम आयोजना गर्दै छ । सन् १९६९ देखि प्रत्येक वर्षको १७ मेका दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । प्राधिकरणले पनि सोही दिन दिवस मनाउँदै आएको छ ।