
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ८ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार जेठ ६ गतेका दिन, छापावाला सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ ।