
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर १८७० दशमलव ६५ को विन्दुमा कायम भएको छ। आज कूल २७१ कम्पनीहरूका ३२ लाख ६ हजार ४५० कित्ता शेयर रु. ९५ करोड ४३ लाख २२ हजार ३७७ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट लिमिटेडको शेयर  शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ४  करोड २५ लाख १० हजार ८२५ बराबरको शेयर कारोबार भयो । त्यस्तै,   नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क लिमिटेडको रु ३ करोड ५७ लाख ९ हजार ३८१ बराबरको शेयर कारोबार भएको छ।
यता,तारा गाउँ रिजेन्सी होटल को ३ करोड ३१ लाख ९ हजार १२८ कारोबार हुँदा नबिल बैङ्क लिमिटेडको रु ३ करोड २३  लाख ५३ हजार ७७७ शेयर र ओरियन्टल होटलको लिमिटेडको २ करोड ८४ लाख ७९ हजार १६५ बराबरको शेयर कारोबार भएको छ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    