
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ०९ अंकले बढेर २१४३ दशमलव ९३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ५१ अंकले बढेर ४११ दशमलव २३ को विन्दुमा पुगेको छ ।
आज कूल २५९ कम्पनीहरूका १ कराेड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर रु. ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह ४ दशमलव ७४ अङ्कले र अन्य उपसमूह १३.७४ अङ्कले घटेका छ । यता, विकास बैंक उपसमूह ३ दशमलव ५६ अङ्कले बढ्दा वित्त उपसमूह ५० दशमलव २० अङ्कले, होटेल तथा पर्यटन उपसमूह १७८.२३ अङ्कले, जलविद्युत उपसमूह ४२.२६ अङ्कले, लगानी उपसमूह २.०८ अङ्कले, जीवन बिमा उपसमूह १३४.७६ अङ्कले, उत्पादन उपसमूह १६४.११ अङ्कले, लघुवित्त उपसमूह ६४.४४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले, निर्जीवन बिमा १३०.३३ अङ्कले र ट्रेडिङ उपसमूह ४८.७० अङ्कले बढेकाे छ ।
 
धितोपत्र बजारमा १८.०९ अङ्कको वृद्धि , नेप्से २१४३.९३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    